काठमाडौँ । नेपाल आयल निमगले पेट्रोलियमको मूल्य बढाएको छ । निगमले माघ १९ गते बिहान १२:१ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ४ रुपैयाँले वृद्धि गरेको हो । त्यसैगरी हवाई इन्धनमा ६ रुपैयाँ वृद्धि भएको छ ।
नयाँ मूल्य अनुसार काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६७ रुपैयाँमा पुगेको छ भने डिजेल/मट्टितेलको मूल्य १६० रुपैयाँ प्रतिलिटर पर्नेछ ।
त्यस्तै सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १६६ रुपैयाँ पर्नेछ भने डिजेल/मट्टितेलको प्रतिलिटर १५९ पर्नेछ ।
त्यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा पर्नेछ भने डिजेल/मट्टितेलको प्रतिलिटर १५७ रुपैयाँ ५० पैसा पर्नेछ ।