४ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगगरभित्रका सामुदायिक विद्यालयहरुमा शिक्षक आन्दोलनको प्रभावबारे अनुगमन गर्न नगर प्रहरी खटाएको छ । उनीहरुलाई महानगरभित्रका विद्यालयहरुको प्रभाव मूल्यांकन गर्न मेयर बालेन साहले निर्देशन दिएका हुन् ।
अनुगमनपछि नियमित पठनपाठन सञ्चालन नभएका विद्यालय तथा शिक्षकहरुलाई महानगरको शिक्षा विभागले आवश्यक कारवाही गर्ने बताइएको छ ।
महानगभित्रका सामुदायिक विद्यालयहरु बन्द गरेर शिक्षकहरु आन्दोलनमा जाने तयारी गरेपछि मेयर शाहले शिक्षकहरुको मागका सम्बन्धमा आफ्नो पनि असहमति भएको तर विद्यालय बन्द नगर्न आग्रह गरेका थिए । उनले महानगरका विद्यालय बन्द भएका कारबाही हुने समेत बताएका थिए । तर महानगरका प्रधानाध्यापकहरुले भने विज्ञप्ती जारी गर्दै आन्दोलनलाई निरन्तरता दिने बताएका थिए । र आज पनि माइतीघर र बानेश्वर क्षेत्रमा ठूलो संख्यामा शिक्षकहरुको उपस्थिती छ ।
उनीहरुको आन्दोलनको कारण काठमाडौं मात्र नभएर देशभरका विद्यालयको पढाई प्रभावित भएको छ ।