काठमाडौं । सरकारले विदेशी बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणमा लाग्ने आयकर घटाएको छ । अर्थ मन्त्री वर्षमान पुनले मंगलबार संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा यस्तो व्यवस्था गरिएको हो ।
नयाँ व्यवस्थाअनुसार वैदेशिक पुँजी आकर्षित गर्न विदेशी बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको व्याज भुक्तानी गर्दा लाग्दै आएको आयकर घटाएको छ ।