नेभिगेशन
सबै कुरा

प्राधिकरणले बक्यौता नबुझाएका ४३ उद्योगका विद्युत काट्यो

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल वापतको बक्यौता नबुझाएको भन्दै ४३ उद्योगको विद्युत् लाइन काटिदिएको छ। प्राधिकरणले यस अघि १५ दिन भित्र डेटिकेटेड फिडर र ट्रंक लाइन वापतको बक्यौता महसुल बुझाउन समय दिएको सयम बिहीबार साँझ सकिएपछि प्राधिकरणले ८ बजेबाट महसुल नबुझाएका उद्योगको लाइन काट्न सुरु गरेको थियो । 

प्राधिकरणले घोराही सिमेन्ट, सोनापुर सिमेन्ट,अर्घाखाँची सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट,  र बाबा जुट मिल लगाएतका उद्योगका लाइन काटेको छ । 

Global Ime Bank

अर्घाखाँची सिमेन्टका सञ्चालक राजेश अग्रवालले आफ्नो उद्योगको लाइन काटिएको पुष्टि गरे । अर्घाखाँची सिमेन्ट देखि एसआर फुड्स लगायतका १० उद्योगको लाइन काटिएको जानकारी आएको छ, अग्रवालले सिधाकुरासँग भने, हाम्रो उद्योगको लाइन ८ बजेर ८ मिनेटमा काटिएको थियो । अरुको त्यस लगत्तै काट्न थालिएको छ । 

प्राधिकरणकाअनुसार पछिल्लो समय उधारो बाँकी रहेका ७ उद्योगले मात्रै वक्यौता तिरेका थिए । बाँकी वक्यौता रहेका र म्याद भित्र रकम नतिर्नेको लाइन काटिने प्राधिकरणले जनाएको छ । 

अर्घाखाँची सिमेन्टका सञ्चालक एवम् नेपाल उद्योग वाणिज्य महासंघ उद्योग समिति सभापति अग्रावालले विद्युत् प्रयोग गरेको प्रमाण नदिइ उद्योगको लाइन काटेर ज्यादती भएको बताए ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३४, गोलभेँडा सानो (टनेल)...
सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार

नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक २६ दशमलव ५३ अङ्कले बढेर दुई हजार छ सय २२ दशमलव २८ को बिन्दुमा...
सुरू भयो आँप मेला, प्रतिकिलो ४ लाख पर्ने आँप पनि प्रदर्शनमा (तस्विरहरु)

सुरू भयो आँप मेला, प्रतिकिलो ४ लाख पर्ने आँप पनि प्रदर्शनमा (तस्विरहरु)

कार्यक्रममा जापानबाट आयात गरिएको अत्यन्तै महँगो ‘मियाजाकी’ जातको आँप पनि प्रदर्शन गरिएको छ । जसको मूल्य प्रतिकिलो ३ देखि ४ लाख रुपैयाँसम्म पर्ने बताइएको छ।