११ भदौ,काठमाडौं - ‘मिनी पार्लियामेन्ट’ का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयनले सोमबार पुर्णता पाएको छ । प्रतिनिधिसभाअन्तर्गत गठित १० विषयगत समिति सर्वसम्मतले पुर्णता पाएको हो।
संसदीय समितिमा निर्वाचित सभापतिका लागि राज्यले विशेष सेवा सुविधा छुट्याएको छ । जसअन्तर्गत उनीहरुले मासिक पारिश्रमिकअन्तर्गत ६९ हजार ३० रुपैयाँ पाउँछन् भने प्रतिमहिना एक हजार विशेष भत्ता तथा समितिको बैठकमा भाग लिएबापत प्रतिदिन एकहजार रुपैयाँ बैठक भत्ता पाउने व्यवस्था छ ।
त्यस्तै सभापतिका लागि सरकारले छुट्टै सरकारी घरको व्यवस्था गरेको हुन्छ । यदि घर नभएको अवस्थामा उनीहरुलाई मासिक २५ हजार ६ सय ८ र उपत्यकामा घर भएकालाई १२ हजार ५०० रुपैयाँ आवास सुविधा दिने व्यवस्था छ ।
त्यस्तै सरकारी घर प्रयोग गर्ने सभापतिलाई विद्युत्, धारा, इन्टरनेट, टेलिफोनको महसुल र पत्रपत्रिका शुल्कबापत प्रति महिना तीन हजार रुपैयाँ उपलब्ध हुनेछ ।
यसैगरि सभापतिलाई एक सवारी साधन र प्रति महिना २०० लिटर सवारी इन्धन र तीन–तीन महिनामा पाँच–पाँच लिटर मोबिल दिइने छ ।
त्यतिमात्र हैन, यदि सभापति संघीय संसद्को कामको सिलसिलामा नेपाल भित्र वा बाहिर भ्रमणमा जाँदा दैनिक तथा भ्रमण भत्ता दिइनेछ । कामको सिलसिलामा विदेशको भ्रमणमा जाँदा कूटनीतिक राहदानी दिने व्यवस्था छ । त्यस्तै सभापतिले आफ्नो कार्यकालभरी निजी सचिवालयका लागि ११ जना कर्मचारी राख्न पाउने छन् ।
प्रतिनिधिसभा निर्वाचनको ९ महिनापछि बल्ल पायो संसदीय समितिले पुर्णता