१४ असाेज, काठमाडाैँ : सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाउन नेपाल आयल निगमलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी बढाएको पेट्रोलियम पदार्थको मुल्य फिर्ता लिन निर्देशन दिएका छन्। उनले निगमका पदाधिकारीसँग असन्तुष्ट व्यक्त गर्दै पुरानो मुल्यसुची कायम गर्न निर्देशन दिएका हुन्।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मूल्य वृद्धि फिर्ता लिन आयल निगमलाई निर्देशन दिएको हो ।
शनिबार नेपाल आयल निगमले विज्ञप्तीनै निकालेर साविकको मूल्यमा पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।
पेट्राेलियम पदार्थकाे मूल्य बढाएसँगै जनस्तरबाट मात्र नभएर नेतृत्वतहबाटै यसको चर्को विरोध भएको थियो ।