१५ भदौ काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ । शुक्रबार बिहान बसेको स्थायी कमिटीको बैठकले भदौ १९ देखी २३ गतेसम्मको संघर्षको कार्यक्रम घोषणा गरेको हो ।
नेकपाका एक नेताका अनुसार पार्टीले नुवाकोट, तनहुँ, धादिङ, काठमाडौं, मकवानपुर, नवलपरासी रुपन्देहीमा अन्तरक्रिया राखेको छ ।
यस्तै, असोज १ गतेदेखि १५ गतेसम्म एमसीसीविरुद्ध मार्चपास अभियान सुरू हुने ‘विप्लव’ नेतृत्वको नेकपाले जनाएको छ । मार्चपास लप्सेफेदीबाट सुरुभएर पाल्पामा पुगेर टुंगिने छ ।