
काठमाडौँ । बालकुमारी घटनामा मृत्यु भएका दैलेखका सुजन राउत र अछामका विरेन्द्र शाहको परिवारलाई सरकारले १०/१० लाख रूपैयाँ दिने भएको छ ।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहित बसेको सुरक्षा अधिकारीहरूको बैठकले मृतकका परिवारलाई १० १० लाख रूपैयाँ दिने निर्णय गरेको बालुवाटार स्रोतले जनाएको छ ।
साथै मृतकको शव घरसम्म सरकारले नै पुर्यादिने समेत निर्णय भएको जनाइएको छ ।