जाजरकोट भूकम्प : कसले कति गरे सहयाेग ?

सिधाकुरा

जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा देशभरका विभिन्न निकायले राहत सामग्री एवं मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेका तथा पठाएका छन् । काठमाडौँका विभिन्न सङ्घसंस्था, राजनीतिक दल एवं विभिन्न स्थानीय निकायले नगद एवं सहायता सामग्री प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेका हुन् ।

मध्यपश्चिम विश्वविद्यालयको राहत

मध्यपश्चिम विश्वविद्यालयले जाजरकोट तथा रुकुमपश्चिमका भूकम्पपीडितहरुलाई रु १२ लाख बराबरको राहत सहयोग गरेको छ ।

विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले आज उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, ऊर्जामन्त्री शक्ति बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, पूर्वमुख्यमन्त्री जीवनबहादुर शाह, आर्थिक मामिलामन्त्री बेदराज सिंह र जाजरकोका समन्वय प्रमुखको रोहवरमा जाजरकोटका भूकम्प प्रभावितका लागि प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई रु चार लाख ४० हजारको चेक हस्तान्तरण गरेका हुन्। बाँकी रु दुई लाखको लत्ताकपडा, भाडाँवर्तन र खाद्यान्नलगायत जिन्सी सामग्री हस्तान्तरण गरिएको उपकुलपति प्राडा सिंहले जानकारी दिए ।

त्यसैगरी, विश्वविद्यालयले रुकुमपश्चिमका भूकम्पपीडितलाई रु पाँच लाख ४७ हजार पाँच सय ३२ बराबरको राहत सहयोग हस्तान्तरण गरेको छ । जसमा विश्वविद्यालय परिवारबाट सङ्कलित रु तीन लाख ४७ हजार पाँच सय सातको चेक रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई हस्तान्तरण गरिएको उनले बताए । उनका अनुसार बाँकी र दुई लाख २५ को लत्ताकपडा, खाद्यान्न, भाडाँवर्तनलगायत आधारभूत सामग्री सहयोग गरिएको छ ।

मध्यपश्चिम विश्वविद्यालयमा अध्यापनरत प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक र कर्मचारीहरुको एक दिनको तलब काटेर सङ्कलन गरिएको रकमबाट भूकम्प प्रभावितलाई राहत सहयोग गरिएको उनले बताए । 

बाँकेको बैजनाथ गाउँपालिकाको राहत सामाग्री हस्तान्त्तरण

भूकम्पमा परेका जाजरकोट र रुकुम (पश्चिम)का भूकम्पपीडितका लागि बाँकेको बैजनाथ गाउँपालिकाले तत्कालका लागि दुई लाख ५० हजार बराबरको राहत सामग्री जिल्ला विपद् व्यवस्थापन समिति बाँकेलाई हस्तान्तरण गरेको छ ।

सो राहत सामग्रीहरुमा २५ थान ठूला त्रिपाल र एक सय थान ब्ल्याङ्केट रहेका छन् । विपद् व्यवस्थापन समितिका संयोजक जिल्ला प्रशासन कार्यालय  बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले हस्तान्तरण गरेका हुन् ।

बाँकेको नेपालगञ्ज विमानस्थल परिसरमा स्थापना गरिएको अस्थायी गोदाम घरमा राहत सामग्री राखिएको छ । राहत सामग्री हस्तान्तरणपछि अध्यक्ष शाहीले भूकम्पले जनताको ठूलो जनधनको क्षति भएकाले मानवीय धर्मअनुसार बैजनाथ गाउँपालिकाले तत्कालका लागि त्रिपाल र ब्ल्याङ्केट सहयोग गरेको बताए।

भूकम्प प्रभावित क्षेत्रमा सशस्त्रका दुई स्वास्थ्य टोली

जाजरकोट जिल्लाको बारेकोट रामिडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परी घाइते तथा अङ्गभङ्ग भएका नागरिकको उपचारका लागि सशस्त्र प्रहरी बल नेपालले दुईवटा स्वास्थ्य टोली परिचालन गरेको छ ।

सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काका अनुसार डा रोशन पराजुली र डा निश्चल घिमिरेको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जानकारी दिए। उनले पाँच सयभन्दा बढीको सुरक्षा फौजले खोज, उद्धार, राहत तथा पुनःस्थापनाको कामलाई निरन्तरता दिएको र छुट्टै चिकित्सकको टोलीले स्वास्थ्य सेवा थालिसकेको जानकारी दिए ।

नेपाल एपिएफ अस्पताल बलम्बु काठमाडौँबाट डा रोशन पराजुलीको नेतृत्वमा नौजना रुकुमपश्चिमका लागि र सशस्त्र प्रहरी बल नेपाल नं ६ महेश्वरी वाहिनीका डा निश्चल घिमिरेको नेतृत्वको चारजनाको टोलीले जाजरकोटमा पुगेर सेवा थालेका छन् ।

डा रोशनको टोली रुकुमपश्चिमको मिसन अस्पताल चौरजहार र डा निश्चलको टोली जाजरकोट जिल्ला अस्पतालमा रहेर स्वास्थ्य सेवा प्रदान गरिरहेका पनि उनले बताए। यसअघि सशस्त्र प्रहरी बल नेपालको १० हजार टेन्टसहित पाँचवटा ‘डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर’ भूकम्प प्रभावित क्षेत्रमा पुगिसकेको छ ।

डिएलएको आर्थिक सहयोग

डेमोक्रेटिक लयर्स एसोसिएसनले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई रु एक लाख ११ हजार एक सय ११ आर्थिक सहयोग गर्ने भएको छ ।

एसोसिएसनको आइतबार बसेको बैठकले भूकम्पपीडित जनताको पुनःस्थापना र राहतका लागि सरकारले स्थापना गरेको राहत कोषमा उक्त रकम सहयोग गर्ने निर्णय गरेको एसोसिएसनका अध्यक्ष, वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिए ।

डिएलएले भूकम्पजस्तो दैवी प्रकोपका कारण उत्पन्न भएको उक्त परिस्थितिबाट सयौँको सङ्ख्यामा घाइते भएका नागरिकको तत्काल उद्धार गरी शीघ्र उपचारको व्यवस्था गर्न तथा भौतिक रुपमा क्षतिग्रस्त भई बासस्थानको भएकाका लागि तत्काल बसोबास र जीविकोपार्जनको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।

भूकम्प प्रभावित क्षेत्रमा एमाले

नेकपा (एमाले)ले आफ्ना जनवर्गीय सङ्गठनलाई भूकम्प प्रभावित क्षेत्रमा खटाउने निर्णय गरेको छ ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको जनसङ्गठन समन्वय संयन्त्रको बैठकले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुममा गई उद्धार र राहतमा वितरणमा खटाउन निर्णय गरेको सयन्त्रका संयोजक भानुभक्त ढकालले बताए । उनले भूकम्प प्रभावित क्षेत्रमा सबै जनवर्गीय सङ्गठनलाई गई भूकम्पपछि फैलन सक्ने महामारीप्रति सचेत हुँदै काम अघि बढाउने निर्णय गरेको बताए ।

भूकम्पपीडितलाई कामपाको सहयोग

काठमाडौँ महानगरपालिकाले गत शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपीडितका लागि राहत सामग्री पठाएको छ ।

कामपाले आज नेपाली सेनाको हेलिकप्टरमार्फत जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितका लागि राहत सामग्री पठाएको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । उनका अनुसार भूकम्पका कारण पीडित भएकाहरुका लागि पहिलो प्याकेज आवश्यक सामग्री पठाइएको हो र थप भोलि पठाउने तयारी छ । 

पठाइएको सामग्रीमा ओढ्नका लागि कम्मल दुई हजार थान, त्यसैगरी दुई हजार थान खाद्य सामग्री र दुई हजार थान सरसफाइका सामग्री र केही  आधारभूत औषधी पठाइएको बताइएको छ । यससँगै थप इन्जिनियर तथा प्राविधिकको सहयोग चाहिएमा कामपालाई सम्बन्ध भएका निकायले सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।

हलेसी तुवाचुङको एघार लाख ५१ हजार नगद

हलेसी तुवाचुङ नगरपालिका खोटाङका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले जाजरकोट र रुकुमका भूकम्पपीडित परिवारका लागि राहतस्वरुप आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षक गरी सात सय चारजना व्यक्तिले नियमित पाउने दुई दिनको तलब भत्ता नगरपालिकाका तर्फबाट कटाएर रु ११ लाख ५१ हजार एक सय भूकम्पपीडितका लागि राहतस्वरुप आर्थिक सहयोग रकम उपलब्ध गराएको हो ।

भूकम्पपीडितका लागि राहतस्वरुप सङ्कलन गरिएको रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको नगरप्रमुख विमला राईले जानकारी दिइन् ।  “यो संवेदनशील घडीमा नगर कार्यपालिकाको कात्तिक १९ गते बसेको बैठकको निर्णयअनुसार जनप्रतिनिधि, कर्मचारी र शिक्षकले पाउने दुई दिनको तलब भत्ता कटाएर भूकम्पपीडितका लागि राहतस्वरुप रु ११ लाख ५१ हजार रकम उपलब्ध गराइएको छ”, नगरप्रमुख राईले जारी गरेको विज्ञप्तिमा भनिएको छ  ।

एमालेले रु एक करोडको राहत सामग्री 

नेकपा (एमाले)ले जाजरकोट–भूकम्पका कारण पीडितलाई रु एक करोड बराबरको राहत सामग्री पठाउने तयारी गरेको छ ।

सो पार्टीको सामाजिक सेवा केन्द्रले भूकम्प पीडितका लागि पार्टीका तर्फबाट खरिद गरेर राहत सामग्री जाजरकोट र पश्चिम रुकुम पठाउने तयारी गरेको केन्द्रका प्रमुख एवं एमालेका केन्द्रीय सदस्य मोतिलाल दुगडले जानकारी दिए । सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्न आग्रह गरेकाले एमालले आवश्यक समन्वय गरी वितरण गर्ने जनाइएको छ ।

केन्द्रले भूकम्पपीडितका लागि चामल, दाल, चाउचाउ, विस्कुट, नुन जस्ता खाद्य सामग्री तथा कम्बल र टेन्ट पनि वितरण गर्न लागेको छ । दुई चरणमा गरेर एमालले करिब रु एक करोड बराबरको राहत सामग्री पठाउने छ ।

भूकम्प पीडितलाई देवघाटको रु पाँच लाख

जाजरकोट भूकम्पपीडितलाई तनहुँको देवघाट गाउँपालिकाले रु पाँच लाख सहयोग गर्ने भएको छ । गाउँपालिका विपद् व्यवस्थापन समितिको आजको बैठकले भूकम्प पीडितलाई रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको हो । 

विपद् व्यवस्थापन कोषबाट भूकम्पपीडितको सहयोग र राहतका लागि उक्त रकम उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिए । गाउँपालिकाले भूकम्पपीडितका लागि थप सहयोग गर्न वडा नं २ का अध्यक्ष मीनबहादुर रानाको संयोजकत्वमा राहत सङ्कलन समितिसमेत गठन गरेको छ । गाउँपालिकाका अध्यक्ष थापाले भने, “सहयोग गर्न इच्छुकलाई सहयोगका लागि आह्वान गरेका छौँ । सबै वडाबाट स्वतस्फूर्त रुपमा सहयोग सङ्कलन गरिनेछ ।” 

तुलसीपुर नगर जेसीजले न्यानो कपडा वितरण

तुलसीपुर नगर जेसिजले भूकम्पबाट प्रभावित जाजरकोट र पश्चिम रुकुम जिल्लाका भूकम्प प्रभावितका लागि राहतस्वरुप सिरक तथा रेडिमेड फेन्सी कपडा आज हस्तान्तरण गरेको छ । 

तुलसीपुर नगर जेसिजका अध्यक्ष शालिकराम वलीले रुकुमस्थित आठबिसकोट नगरपालिकाका निमित्त प्रशासकीय प्रमुख इन्द्रबहादुर विष्टलाई ६५ थान फाइबर सिरक, चार सय थान बढी फेन्सी कपडा लगायतका सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।


प्रतिक्रिया

The Reporter

बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....

  • बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....
  • भारतमा नेपाली विद्यार्थीमाथि जे भयो... || Nepali Students' Quest for Justice" ||....
  • प्रकृति लम्साल प्रकरणः भारतमा नेपाली विद्यार्थीमाथि भएको घटना || KIIT PRAKRITI LAMSAL....
  • बालमन्दिर घोटालाः प्रकाशमानकी दिदी र विशाल ग्रुपका कर्मचारीविरुद्ध किन चलेन मुद्दा ?....
  • पाप कर्मका महाराज उर्फ विजय कृष्णमूर्ति || SIDHAKURA ||
  • टुट्दैछ प्रेम, भत्किदैछ परिवार र समाज || SIDHAKURA || THE REPORTER ||
  • यु *क्रेनको से *नाको कब्जामा ९ महिना बन्दी हुँदा|| SIDHAKURA ||
  • चितवनबाट यसरी छुटे रवि, धरौटी राख्न नागरिकले ल्याए सयौँ लालपुर्जा || SIDHAKURA....
  • चितवन मुद्दामा रविको सहकारीमा संलग्नता भेटिएन–सरकारी वकिल || SIDHAKURA ||
  • पाथिभरा केबलकारः धर्म, राजनीति र व्यापार ! || PATHIBHARA CABLECAR CASE ||....
  • ऋणको भारी र आप्रवासीको बिल्ला भिरेर अमेरिकाबाट फर्कदै नेपालीहरु || SIDHAKURA ||
  • नेपाली सेनाका हति* यार कस्ता छन् ? || SIDHAKURA ||
  • फेसबुकमा गाली गरे मान्छे थुन्ने कानुन ल्याउँदै सरकार || SIDHAKURA ||
  • १ वर्षमै स्वरुप फेरिएको न्यूरोड || NEWROAD, THEN AND NOW || SIDHAKURA....
  • सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....
  • न्यायाधीशसामू रविका वकिलले भने, '...श्रीमान, धर्ममा कानुन नखोज्नु, कानुनमा धर्म नछाड्नु।’
  • अख्तियारलाई हर्कको जवाफ, प्यासी जनताको श्राप लाग्ला ! || SIDHAKURA ||
  • एनआईसी एशिया बैंकमा निक्षेप दुरुपयोगः बैंक अध्यक्ष र सञ्चालककै बदमासी छताछुल्ल ||....
  • विन्दु कुमारीः श्रीमान् बिते, छोराको विदेशबाट शव आयो, छोरी अशक्त भइन्, आफू....
  • युवकको छातिमा प्रहरीको लात्ती ! घटनाको वास्तविकता || SIDHAKURA ||
  • असुरक्षित बन्दै inDrive: चालकबाट महिला यात्रुलाई अमर्यादित प्रस्ताव ! || SIDHAKURA ||
  • ४६ वर्षपछि परिवार खोज्दै नेपाल फर्किएका पुर्ते || SIDHAKURA ||
  • ३३ जना छुट्दै, कहिले आउलान् विपिन ? || SIDHAKURA ||
  • घरबारै उडायो अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाले ! || SIDHAKURA ||
  • रविलाई फेरी किन हिरासत ? || SIDHAKURA ||

Sidhakura Investigation

जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||

  • जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||
  • EXCLUSIVE VIDEO: नक्कली भुटानी शरणार्थी प्रकरणमा २ करोडको चेक लिन बेचन झा....
  • EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....
  • कामचोर मन्त्री !, ६ अर्बका ठेक्का अलपत्र | Kanchharam's Contract Chaos ||....
  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

Current Affairs

KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी,....

  • KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी, भन्छन्, 'धन्न ज्या-न जोगियो' || KIIT....
  • स्वर्णिम वाग्लेको खुलासाः यसरी भएको थियो वाइडबडी प्रकरणमा अर्बौँ रकमको घोटाला, नेता....
  • पूर्वराजा भन्छन्, ‘अब समय आयो, देश जोगाउन मलाई साथ दिनुस्' || SIDHAKURA....
  • उडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरणः सभामुखले बोल्न नदिएपछि मिडियामार्फत सुमनाको ध्यानाकर्षण
  • धोबीखोला दुर्घटनाः चालक भन्छन्, ‘भाग्य दह्रो रहेछ र बाँचे’ || SIDHAKURA ||
  • एमाले नेतालाई पत्रकारको प्रश्नःबाबुको शासनमा छोराका दादागिरी ? जवाफः तपाईलाई पनि अनुसन्धान....
  • पत्रकारको प्रश्नबाट भागे ओली || SIDHAKURA ||
  • प्रभु साहसँग आक्रोसित प्रधानमन्त्री ओलीको प्रतिप्रश्न, ‘म म्यानपावरको मान्छे हो ? ||....
  • विशेष र जिल्ला अदालतमा मेलम्ची पसेपछि... || SIDHAKURA ||
  • जब मन्त्रीले सिमेन्टको मूल्यवृद्धि हुनुमा ‘लोडसेडिङ’काे कारण दिए, अनि भयो सवालजवाफ ||....
  • जब प्रमाणको फाइल देखाउँदै मनिष झा संसदमा कुर्लिए... || SIDHAKURA ||
  • रामहरि खतिवडा बोलेपछि संसदमा लफडा || SIDHAKURA ||
  • ‘सभामुखले नै प्रतिपक्षको आवाज दबाए’ : ज्ञानेन्द्र शाही || SIDHAKURA ||
  • अमरेशको बालेनलाई चुनौति। सुमनाले गृहमन्त्रीसँग मागिन् जवाफ । अरुले के भने ?....
  • सामाजिक सञ्जाल नियमन विधेयकः ‘अधिनायकवाद ल्याउने फुच्चे खेल सफल हुँदैन’|| SIDHAKURA ||
  • कांग्रेसमा रहेका सहकारी ठगदेखि मान्छे बेच्नेसम्म सबैलाई कारबाही गर्नुपर्छः गगन थापा ||....
  • ताप्लेजुङभन्दा बाहिर र विदेश बस्नेहरुले केबलकारको बिरोध गरेः चन्द्र ढकाल || SIDHAKURA....
  • मन्त्रीको कार्यकक्षमै आगो, मन्त्री भन्छन् हिजै गन्ध आएको थियो || SIDHAKURA ||
  • सामाजिक संजाल विद्येयकले सबैलाई अंकुश लगाउँछ,फिर्ता गर्नैपर्छः सुमना श्रेष्ठ,सांसद|| SIDHAKURA ||
  • रविलाई प्रधानमन्त्रीको अफर गर्नेहरु आज न्यायपालिकालाई धम्क्याएर फसाइछाड्ने षड्यन्त्रमा छन्ः प्रचण्ड
  • संसदमा सुमनाः बोल्न दे सरकार ! || SIDHAKURA ||
  • कमलपोखरीमा कसरी प*ड्कि*यो ग्याँस सि*लिण्डर ? || SIDHAKURA ||
  • अमेरिकाबाट ४ हजार नेपाली डिपोर्ट हुनसक्छन्ः न्यूयोर्कबाट अधिवक्ता, शिव खनाल || SIDHAKURA....
  • फेसबुक, इन्टाग्राम र ह्वाट्सएप नेपालमा दर्ता नभए चल्न दिन्नौँः सञ्चारमन्त्री || SIDHAKURA....
  • सडक नाटकः ‘मुक्कुम्लुङमा केबलकार, हाम्रो छातीमा गोली हो’ || SIDHAKURA ||