काठमाडौँ । नेपाली सेनाका हरिचन्द्र गिरी पाँच वटा विश्व कीर्तिमानी राख्न सफल नेपाल सेनाका लेसनायक हुन् । पछिल्लो ४ वर्षमा मात्रै गिरिले हातले टेकेर अग्ला भर्याङबाट झर्ने देखि ट्रकको टायरमा स्किपिङ गर्नेसम्मका रेकर्ड गिनिज वर्ल्ड रेकर्ड दर्ज गराएका छन् ।
हाल नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा कार्यरत उनी दाङको देउखुरी हुन् । सानै देखि फुर्तिलो उनलाई जिम्न्यास्टिकका अनेक विधामा रुचि थियो । २०१४ मा उनले पहिलो पटक एक विदेशले हातले टेकेर हिँडेर विश्व रेकर्ड कायम गरेको देखे पछि उनलाई विश्व रेकर्डको रहर पलायो । सुगठित शरीर भएका गिरी त्यसपछि अग्ला खुुड्कीला भएको भर्याङमा हातले टेकेर झर्ने अभ्यास गर्न थाले । उनी कहिले स्वयम्भूको उकालोका खुुड्कीला हातले टेकेर झर्दै गरेका हुन्थे त कहिले अग्ला भवनका भ¥याङ झरिरहेका हुन्थे ।
पहिले ५० वटा खुुड्कीला झर्न ४५ सेकेन्ड लाग्ने गिरीको निरन्तरको अभ्यासले नै १२। ६५ सेकेन्डमा ५० वटा सिँढी झर्न सक्ने बनायो । उकालोमा बनाइएको खुड्किलो सहितको भर्याङमा, सामान्य मान्छेले हिड्ने भन्दा ठ्याक्कै उल्टो तरिकाले, अर्थात दुुबै हातले टेकेर, दुुबै खुट्टा माथि फर्काएर भ¥याङका खुड्किलोबाट ओरालो झर्ने त्यो पनि तीब्र गतिमा । उनले दाङको देउखुरीस्थित भर्याङका ५० खुुड्कीला जम्मा १२। ६५ सेकेन्डमा हातले टेकेर झरेका थिए । गिरिले बनाएको पहिलो रेकर्ड यही थियो ।
अनौठा र दुर्लभ पाँच विश्व रेकर्ड कायम गरेर गिरी नेपाली सेनाको शिर उँचो पारेका छन् । नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा थप नयाँ नयाँ विश्व रेकर्डका लागि मेहनत गरिरहेका गिरीसँग खेल जीवन र उनको विश्व रेकर्ड मोहबारे सिधाकुराका लागि युवराज कँडेलले गरेको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ।