काठमाडौं । सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिएको छ ।
प्रिमियममा जारी भएका आईपीओका विषयमा छलफल गर्न बिहीबार हमाललाई समितिको बैठकमा बोलाइएपनि उनी उपस्थित भएनन् । बैठकमा बोल्ने अधिकांस सांसदले बोर्ड अध्यक्षको कार्यशैली र नियतमाथि प्रश्न उठाएका थिए ।
समितिले हमालको कार्यकालमा प्रिमियम मूल्यमा जारी भएका आइपीओको औचित्य र मूल्याङकन माथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि निर्देशन दिएको छ ।