११ भदौ, काठमाडौं । शुल्क वृद्धिको विरोधमा प्रधानमन्त्री निवास अगाडि प्रदर्शन तथा नाराबाजी भएको छ । निषेधित क्षेत्रमा प्रदर्शन गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्था (आईओई)ले चार वर्षे स्नातक तहको शुल्क बढाएपछि पछिल्लो समय बिभिन्न विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका छन् । सोही क्रममा आज कांग्रेस निकट नेपाल विद्यार्थी संघले वालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरेका छ । उनीहरुले शुल्कबृद्धिको निर्णय फिर्ता लिन माग गरेका छन् ।
आईओईले एकैपटक ३ लाख ३० हजारबाट शुल्क बढाएर ७ लाख ७५ हजार पुर्याएको छ ।