भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिकाबाट अवैध हतियार र लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सूर्यविनायक नगरपालिका –१० नलिन्चोकबाट इलामका चिरन्जिवी सिन्चुरी र नवलपुरका ३१ वर्षीय लेखबहादुर कार्कीलाई पक्राउ गरेको हो ।
उक्त क्षेत्रमा अवैध हतियार तथा लागुऔषध ओसारपसारको कारोबारबारे प्रहरीलाई आएको गोप्य सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको साथबाट केएफ ७.६५ लेखिएको ५ राउन्ड गोली लोड भएको म्याग्जिन सहितको पेस्तोल एक थान र पेस्तोलमा लाग्ने खाली म्याग्जिन एक थान फेला परेको हो ।
पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि प्रहरी वृत जगातीमा पठाइएको छ ।