२३ असोज, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा कुनै पनि संस्थागत वा व्यक्तिगत भ्रमण नगर्न सुझाव दिएका छन् । आज बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले इजरायल भ्रमण नगर्न आग्रह गरेका हुन् ।
इजरायलमा प्यालेयष्टिनी अतंकवादी समुह हमासको आक्रमणबाट आफ्ना सयौँ नागरिक घाइते भएपछि युद्ध घोषणा गरेको छ । हमासको हमलामा परी नेपालबाट लनै एण्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल पुगेका १० जना नेपाली बिद्यार्थीको समेत मृत्यु भएको छ ।
सोही कारण तत्काल कुनै पनि भ्रमण नगर्न मन्त्री साउदले आग्रह गरेका हुन् । उनले इजरायलमा रहेका नेपाली र उनीहरुको अवस्थाबारे पनि समितिलाई जानकारी गराए । मन्त्री साउदका अनुसार इजरायलमा चार हजार ५०० जना नेपाली केयर गिभरको रुपमा कार्यरत छन् । त्यस्तै लर्न एण्ड अर्न कार्यक्रममार्फत २६५ जना विद्यार्थीहरु पुगेका छन् । जसमध्ये १० जनाको मृत्यु भएको छ । उनले शवहरु बंकरबाट सुरक्षित स्थानमा सारिएको समेत जानकारी दिएका छन् भने नेपाल फर्कन इच्छुक नेपालीका लागि अनलाईन रजिष्ट्रेसनको समेत व्यवस्था गरको उल्लेख गरेका छन् ।