काठमाडाैँ । मेडिकल व्यवसायी दुर्गा प्रसाई दोस्रो पटक पक्राउ परेका छन् । प्रसाईं भक्तपुरस्थित निवासबाट मंगलबार बिहान पक्राउ परेका हुन्।
सोमबार निवासमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बाेडियामा गैरकानुनी लगानी गरेको भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए ।साे अभिव्यक्ति दिएकाे भाेलीपल्टै उनलाई नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे (सीआइबी)ले पक्राउ गरेको हो ।