वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिकाका केही ठाउँमा सोमबार साँझ देखि जारी गरेको कर्फ्यु आदेश जारी राखेको छ । आज बिहान ६ बजे देखि १० बजेसम्म खुकलो बनाइएपनि पुन कडाई गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
रौतहटमा सरस्वतीको मूर्ती सेलाउने विषयमा भएको विवादको विरोधमा पर्सामा पनि प्रदर्शन भएको थियो । सोहि कारण प्रशासनले पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार आज सर्वपक्षीय छलफलपछि मात्रै कर्फ्यु हटाउने वा बढाउने बारेमा थप निर्णय हुनेछ ।