काठमाडौँ । बलिउड अभिनेता सैफ अली खानमाथि धारिलो हतियार प्रहार भएको छ। मुम्बईको बान्द्रास्थित आफ्नै निवासमा बिहिबार बिहान करिब २ः३० बजे उनीमाथि अज्ञात टोली पसेर धारिलो हतियार प्रहार गरेको भारतीय सञ्चारसंस्थाले जनाएका छन् ।
खानको शरीरमा पटक पटक प्रहार भएको छ । उनीको शरिरमा ६ ठूलासाना चोट लागेका छन् । उनलाई मुम्बईको लीलावती अस्पतालमा भर्ना गरेर उपचार गरिएको छ । सैफको घाँटी र स्पाइनल कर्डमा गम्भीर चोट लागेको छ ।