काठमाडाैँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अन्य पदाधिकारी सहित तीन सहप्रवक्ता थपेको छ ।
जलेश्वरमा सम्पन्न केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठकले सांसद समेत रहेको केन्द्रिय सदस्य मनिष झा, रमेश प्रसाईँ र प्रतिभा रावललाई सहप्रवक्ता तोकेको हो ।
सहप्रवक्तामा मनोनित तीनैजना संचार पृष्ठभुमि भएका व्यक्ति हुन् । मनिषा झा फ्याक्टस नेपालमा आवद्ध छन् भने रावलसँग ग्यालेग्सी टेलिभिजन, हिमाल तथा रिपब्लीकामा काम गरेको अनुभव छ ।
'पब्लीक स्पीकर'कारुपमा चर्चीत प्रसाईसँग केहि समय टेलिभिजनमा कार्यक्रम गरेको समेत अनुभव छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा डा. स्वर्णिम वाग्ले, थपिए पदाधिकारी र केन्द्रिय सदस्य