काठमाडौँ। एक दिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ पराजित भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपाल २१ रनले पराजित भएको हो। १५८ रनको लक्ष्य पछ्याएको नेपाल २५.३ ओभरमा १३६ रन बनाउँदै अलआउट भएको हो ।
जितसँगै आयरल्यान्डले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ । शृंखलाको दोस्रो खेल शुक्रबार हुनेछ ।