१८ भदौ, काठमाडौं । एसिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । यो पराजयसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ ।
वर्षाले अवरुद्ध भएपछि २३ ओभरमा घटाइएको खेलमा भारतले पाएको १४५ रनको लक्ष्य सहज भेटाएको थियो । ओपनर रोहित शर्माले ७४ र शुभमन गिलले ६७ रन जोड्दै विना विकेट क्षति २०.१ ओभरमा भारतले जित हात पारेको हो । ।
यसअघि नेपाल एसियन कपको आफ्नो पहिलो खेल पाकिस्तानसँग पराजित भएको थियो ।