
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकको आकश्मिक समयमा बोल्दै सापकोटाले नेपाल अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा पर्नु सरकारको असफलता भएको भन्दै मार्गप्रसस्त गर्न माग गरेका हुन् । सरकारको अकर्मन्यता र बितिय क्षेत्रमा सुधार गर्ने अठोटको अभावका साथै सुशासनप्रतिको उपेक्षाका कारण नेपाल लज्जाजनक अवस्थामा पुगेको उनले बताए । यस घटनाले सरकार सम्पूर्ण रुपमा असफल भएको संकेतका रुपमा लिनुपर्ने भन्दै उनले सरकारले नैतिक रुपमा मार्गप्रसस्त गर्नुपर्ने धारणा राखे ।
उनले भने, ‘एफएटिएफले आधिकारिक रुपमा नेपाललाई ग्रे लिस्टमा चढाएको छ । सरकारको अकर्रमण्यता, वित्तिय क्षेत्र सुधार गर्ने अठोटको अभाव र सुशासनप्रतिको उपेक्षाका कारण नेपाल अन्ततः यो लज्जाजनक अवस्थामा पुगेको छ । म यसका प्रति खेद व्यक्त गर्न चाहन्छु । निन्दा व्यक्त गर्न चाहन्छु र यो घटनाक्रमले सरकार सुशासनका पक्षमा छैन र सरकार सम्पूर्ण रुपमा असफल भएको संकेतका रुपमा हामीले लिनुपर्दछ । र सरकारले नैतिक रुपमा आफ्नो मार्ग प्रशस्त गर्नुपर्दछ भनेर सम्माननीय सभामुखमार्फत म ध्यानाकर्षण गराउन चाहन्छु ।’
उनले सरकारप्रति विश्वास र भरोषा नरहेकाले देशको इज्जत प्रतिष्ठाको रक्षाका लागि प्रतिनिधिसभाले गम्भीरतापूर्वक बिशेष महत्वका रुपमा दिन ध्यानाकर्षण गराए ।