मध्यबर्खामा पनि खानेपानी जोहो गर्न सास्ती

सिधाकुरा

१५ भदौ, धादिङ - धादिङको धुनीबेसी नगरपालिका–७ मा पर्ने गुर्दुम गाउँ मध्यबर्खाको समयमा पनि खानेपानीको समस्यामा छ । पृथ्वी राजमार्गको नौबिसेबाट करिब तीन घण्टाको पैदल यात्रापछि पुगिने गुर्दुम गाउँमा खानेपानीको भने सास्ती हुने गरेको छ ।

खानेपानी अभावका कारण यहाँ खानेपानी थाप्ने छुट्टै नियम छ । गाउँभरिमा एउटै मात्र धारो छ । बिहान उज्यालो नहुँदै गाउँलेहरु गाग्रो, जर्किन, बोत्तल बोकेर धारोमा पुग्छन् । टाढादेखि आउन ढिला हुनेहरुले अघिल्लो दिन साँझ नै पानी थाप्ने भाँडा लाइनमा राखेर जान्छन् । एक घरले बढीमा चार भाँडा मात्र पानी थाप्न पाउने नियम छ । जस्तोसुकै अवस्थामा होस् कसैले पनि पालो उछिन्न नपाइने नियमलाई सबैले पालना गर्नैपर्छ । 

स्थानीय शेरबहादुर तामाङले भने, ‘सबैले चार चार भाँडा थाप्ने नियम छ, पुगेन भने भाँडो त्यहीँ थन्क्याएर भोलिपल्ट मात्रै थाप्न पाइन्छ ।’ उनका अनुसार यहाँ अहिले पनि खानेपानी पुगेको छैन । 

जताततै पानीको छ्यालछ्याल हुनुपर्ने बर्खामा एक भाँडो पानी थाप्नकै लागि आधा रातमै उठेर लाइन बस्न दगुर्नु यहाँका स्थानीयको बाध्यता हो । भौगोलिक हिसाबले सङ्घीय राजधानी काठमाडौँबाट नजिक र नगरपालिकाभित्र पर्ने भए पनि यो गाउँ विकट मानिन्छ । पानी, बत्ती र बाटो यी तिनै पूर्वाधारबाट यहाँका स्थानीय वञ्चित छन् । शेरबहादुरले भने, ‘मध्य बर्खामा पनि पानी पैँचो मागेर प्यास मेटाउनु हाम्रो बाध्यता हो । पैँचो नपाएका बेला आकाशेपानीले नै प्यास मेटाइरहेका हुन्छौँ ।’

.गुर्दुम गाउँका ६८ घरधुरीका लागि एउटा मात्रै धारा छ । ‘भएको एउटा धारामा पनि पानी कहिले आउँछ टुङ्गो हुँदैन । धारामै पानी आए पनि धितमर्ने गरी पानी खान पाइदैन’, उनले भने, ‘खोलाको पानीलाई दुई वटा मेसिनको सहायताले धारामा ल्याइने गरेको छ । बत्तीको पावरले त्यति नधान्ने भएकाले धारामा नियमित पानी आउँदैन ।’ मेसिनको सहायताले धारामा ल्याएको पानी छ महिना मुस्किलले खान पाइने भन्दै शेरबहादुरले बाँकी छ महिना खोला धाउनुपर्ने बाध्यता रहेको बताए।

स्थानीय कविता तामाङका अनुसार पोखरीडाँडामा पानी जम्मा गर्ने एउटा सानो ट्याङ्की छ । ‘गाउँभन्दा धेरै तलबाट मोटर लगाएर तानिएको छ । दैनिक पाँच हजार लिटर पानी ट्याङ्कीमा जम्मा हुन्छ’, उनले भनिन्, अर्थात् ८० लिटरका दरले पानी भागमा पाउने उनले बताइन् ।

माइक्रो हाइड्रो पावरको बत्ती प्रयोग गरेर पानी तानिएको भन्दै बिजुलीको क्षमता नभएकाले ठूलो मोटरले पानी तान्न नसकने कविताले बताइन् । गाउँमा बिजुली बिग्रिएको बेला एक दिन थापेको चार भाँडो पानीले दुई÷तीन दिन धान्नुपर्ने यहाँका स्थानीयको बाध्यता छ । ‘त्यो पनि हावाहुरी चलेका बेला बिजुली बिग्रियो भने आकाशे पानी थापेर खानु सबैको बाध्यता हो’, उनले दुःख सुनाइन् ।

गाउँको धारोमा पानी भाग नपुगेको दिन आवतजावत पाँचदेखि छ घण्टा लगाएर पानी बोक्नुपर्ने बाध्यता रहेको कविताले बताइन्। ‘खोलामा पानी लिन जान सबैभन्दा नजिक घर हुने पनि अप्ठ्यारो बाटो दुई घण्टा ओरालो झर्नुपर्छ’, उनले भनिन्, ‘पाखुरे, काउलेखोला, फुर्लुङडाँडाबाट झर्नेलाई त तीन घण्टा नै लाग्छ ।’

पानीको दुःखले भोक, निन्द्रा केही नलाग्ने स्थानीय मैना तामाङको भनाइ छ । खानेपानी कसरी जुटाउने, वस्तुभाउलाई कहाँबाट ल्याउने भन्ने चिन्तामा यहाँका स्थानीयको दिन बित्ने गरेको उनले बताइन्। खाना पकाउन आकाशे पानीको प्रयोग गर्ने गरिएको बताउँदै उनले खोलामा बाढी आएका बेला आकाशेपानी नै खाने गरेको बताइन् । ‘लुगा धुन, नुहाउन खोलामा नै जान्छन्’, मैनाले भनिन्, ‘पानीको जोहो गर्दैमा एक बिहान सकिन्छ, काम गर्न पनि भ्याउँदैन ।’

घरको काम, खेतबारी, बालबच्चा हेरचाह, मेलापात गुर्दुमवासीको दैनिकी हो । सरकारले सहरबजारमा खानेपानी पुर्याउन करोडौँको लागतमा आयोजना सञ्चालन गरे पनि गुर्दुमवासीलाई खानेपानीको सधैँ कष्ट छ । ‘हिउँमा त खोलाको दूषित पानी खानुपर्ने बाध्यता छ’, मैनाले भनिन्, ‘गाउँमा खानेपानीको आयोजना सञ्चालन नहुँदा दशकौँ देखि स्थानीयले खोलाको पानीले प्यास मेटाउँदै आएका छन् ।’

‘देशमा कैयौँ पटक सरकार परिवर्तन भए । कैयौँ मन्त्री फेरिए । ‘घरघरमा सिंहदरबारको’ नारासहित दोस्रो पटक स्थानीय सरकार बदलियो । सानासाना बोत्तल र ग्यालिन बोकेर खानेपानी लिन खोला धाउनुपर्ने बाध्यता ज्यूँ का त्युँ छ”, स्थानीय ६७ वर्षिया साइली तामाङले भने। हिउँदमा खोलामा पानी लिन जानेको लाम हुने गरेको उनको भनाइ छ । पिँठ्युमा खानेपानीको ग्यालिन बोकेर तिर्खा मेटाउने गरिएको उनले बताए ।

‘गाउँको बीचमा दुई वटा आहाल बनाएर आकाशेपानी जमाउने गरिएको छ । वस्तुभाउलाई दिन प्रयोग गर्ने गरिएको दुई वटामध्ये एउटा आहाल यो वर्ष सुख्खै छ’, साइलीले भनिन्, ‘आहाल सुधार गर्न वरपर ढुङ्गाको वाल उठाउन थालेकाले आकाशेपानी पनि जमाउन सकिएको छैन ।’

‘एक घर एक धारा’ तीनै तहका सरकारको नीति तथा कार्यक्रम भए पनि कार्यान्वयन नहुँदा उपभोक्ता वर्षौंदेखि खानेपानीको सास्ती व्यहोर्न बाध्य छन् । गत आर्थिक वर्षमा दुई वटा ट्याङ्की निर्माण गरी पानी ल्याउने योजना बनाइए पनि मुहानबाट ट्याङ्कीसम्म पानी पु¥याउन नसकिएको स्थानीय बताउँछन् ।

यस्तो छ योजना

‘फियान नेपाल’ नामक गैरसरकारी संस्थाको सहयोगमा बजेट माग्दै स्थानीय नगरपालिका गएपछि आर्थिक वर्ष २०७८/७९ मा खानेपानीका लागि रू ४० लाख बजेट विनियोजन भएको थियो । उक्त रकममा दुई वटा ट्याङ्की निर्माण गरिएको छ । एउटा गाउँको सिरानमा र अर्को गाउँको बीच भागमा छ ।

आर्थिक वर्ष २०८०/८१ मा रू ६१ लाखमा पलभिस कन्ट्रक्सनले दुई योजना निर्माणको जिम्मा पाएको थियो । गाउँको सिरानसम्म एउटै लिफ्टिङबाट सम्भव नभएपछि प्राविधिक सल्लाहअनुसार दुई वटा लिफ्टिङ गरेर पानी तान्ने योजना बनेको ठेकेदार कम्पनीका प्रमुख सुनिल शर्माले जानकारी दिए । उनका अनुसार पहिलो लिफ्टमा बीचको ट्याङ्कीमा जम्मा गर्ने दोस्रो लिफ्टमा बीचको ट्याङ्कीबाट सिरानको ट्याङ्कीमा हालेर गाउँमा वितरण गर्ने योजना छ । 

.यसै वर्ष खोलाको पानी ५० हजार लिटर सङ्कलन गरी ट्याङ्कीमार्फत गाउँसम्म पुर्याउने उद्देश्यले काम थालिएको प्रमुख शर्माले बताए । असारमै काम सक्नुपर्ने भए पनि वर्षामा भौगोलिक विकटता, निर्माण सामग्रीको अभावलगायत कारणले काम रोकिएको उनको भनाइ छ । पानी तान्ने पाइप गाउँसम्म पुर्याइएको भन्दै उनले अब छिट्टै पुनः काम थाल्ने तयारी भइरहेको जानकारी दिए।

.राष्ट्रिय प्रसारण लाइनको बिजुली गाउँमा नपुग्नु अर्को समस्या रहेको स्थानीय उर्मिला तामाङले बताइन् । ‘बिजुली बत्तीका लागि गाउँमा खम्बा पनि गाड्न थालेको एक वर्ष भयो । अहिलेसम्म सबै ठाउँमा खम्बार र तार पुगेको छैन’, उनले भनिन्, ‘सरकारी बिजुली आइदिएदेखि ठूलो मोटरले पानी तान्ने आश यो वर्ष पनि अधुरै बनेको छ ।’

गाउँमा खम्बा गाडिए पनि पानी तान्ने खोलासम्म खम्बा र तार पुर्याउन बाँकी नै रहेको उर्मिलाले बताइन् । ‘बिजुली बत्तीको सुविधा आएदेखि पानीको पनि सुविधा हुन्थ्यो कि भन्ने आशमा छौँ’, उनले भनिन् ।

प्रतिक्रिया

The Reporter

बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....

  • बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....
  • भारतमा नेपाली विद्यार्थीमाथि जे भयो... || Nepali Students' Quest for Justice" ||....
  • प्रकृति लम्साल प्रकरणः भारतमा नेपाली विद्यार्थीमाथि भएको घटना || KIIT PRAKRITI LAMSAL....
  • बालमन्दिर घोटालाः प्रकाशमानकी दिदी र विशाल ग्रुपका कर्मचारीविरुद्ध किन चलेन मुद्दा ?....
  • पाप कर्मका महाराज उर्फ विजय कृष्णमूर्ति || SIDHAKURA ||
  • टुट्दैछ प्रेम, भत्किदैछ परिवार र समाज || SIDHAKURA || THE REPORTER ||
  • यु *क्रेनको से *नाको कब्जामा ९ महिना बन्दी हुँदा|| SIDHAKURA ||
  • चितवनबाट यसरी छुटे रवि, धरौटी राख्न नागरिकले ल्याए सयौँ लालपुर्जा || SIDHAKURA....
  • चितवन मुद्दामा रविको सहकारीमा संलग्नता भेटिएन–सरकारी वकिल || SIDHAKURA ||
  • पाथिभरा केबलकारः धर्म, राजनीति र व्यापार ! || PATHIBHARA CABLECAR CASE ||....
  • ऋणको भारी र आप्रवासीको बिल्ला भिरेर अमेरिकाबाट फर्कदै नेपालीहरु || SIDHAKURA ||
  • नेपाली सेनाका हति* यार कस्ता छन् ? || SIDHAKURA ||
  • फेसबुकमा गाली गरे मान्छे थुन्ने कानुन ल्याउँदै सरकार || SIDHAKURA ||
  • १ वर्षमै स्वरुप फेरिएको न्यूरोड || NEWROAD, THEN AND NOW || SIDHAKURA....
  • सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....
  • न्यायाधीशसामू रविका वकिलले भने, '...श्रीमान, धर्ममा कानुन नखोज्नु, कानुनमा धर्म नछाड्नु।’
  • अख्तियारलाई हर्कको जवाफ, प्यासी जनताको श्राप लाग्ला ! || SIDHAKURA ||
  • एनआईसी एशिया बैंकमा निक्षेप दुरुपयोगः बैंक अध्यक्ष र सञ्चालककै बदमासी छताछुल्ल ||....
  • विन्दु कुमारीः श्रीमान् बिते, छोराको विदेशबाट शव आयो, छोरी अशक्त भइन्, आफू....
  • युवकको छातिमा प्रहरीको लात्ती ! घटनाको वास्तविकता || SIDHAKURA ||
  • असुरक्षित बन्दै inDrive: चालकबाट महिला यात्रुलाई अमर्यादित प्रस्ताव ! || SIDHAKURA ||
  • ४६ वर्षपछि परिवार खोज्दै नेपाल फर्किएका पुर्ते || SIDHAKURA ||
  • ३३ जना छुट्दै, कहिले आउलान् विपिन ? || SIDHAKURA ||
  • घरबारै उडायो अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाले ! || SIDHAKURA ||
  • रविलाई फेरी किन हिरासत ? || SIDHAKURA ||

Sidhakura Investigation

जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||

  • जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||
  • EXCLUSIVE VIDEO: नक्कली भुटानी शरणार्थी प्रकरणमा २ करोडको चेक लिन बेचन झा....
  • EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....
  • कामचोर मन्त्री !, ६ अर्बका ठेक्का अलपत्र | Kanchharam's Contract Chaos ||....
  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

Current Affairs

KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी,....

  • KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी, भन्छन्, 'धन्न ज्या-न जोगियो' || KIIT....
  • स्वर्णिम वाग्लेको खुलासाः यसरी भएको थियो वाइडबडी प्रकरणमा अर्बौँ रकमको घोटाला, नेता....
  • पूर्वराजा भन्छन्, ‘अब समय आयो, देश जोगाउन मलाई साथ दिनुस्' || SIDHAKURA....
  • उडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरणः सभामुखले बोल्न नदिएपछि मिडियामार्फत सुमनाको ध्यानाकर्षण
  • धोबीखोला दुर्घटनाः चालक भन्छन्, ‘भाग्य दह्रो रहेछ र बाँचे’ || SIDHAKURA ||
  • एमाले नेतालाई पत्रकारको प्रश्नःबाबुको शासनमा छोराका दादागिरी ? जवाफः तपाईलाई पनि अनुसन्धान....
  • पत्रकारको प्रश्नबाट भागे ओली || SIDHAKURA ||
  • प्रभु साहसँग आक्रोसित प्रधानमन्त्री ओलीको प्रतिप्रश्न, ‘म म्यानपावरको मान्छे हो ? ||....
  • विशेष र जिल्ला अदालतमा मेलम्ची पसेपछि... || SIDHAKURA ||
  • जब मन्त्रीले सिमेन्टको मूल्यवृद्धि हुनुमा ‘लोडसेडिङ’काे कारण दिए, अनि भयो सवालजवाफ ||....
  • जब प्रमाणको फाइल देखाउँदै मनिष झा संसदमा कुर्लिए... || SIDHAKURA ||
  • रामहरि खतिवडा बोलेपछि संसदमा लफडा || SIDHAKURA ||
  • ‘सभामुखले नै प्रतिपक्षको आवाज दबाए’ : ज्ञानेन्द्र शाही || SIDHAKURA ||
  • अमरेशको बालेनलाई चुनौति। सुमनाले गृहमन्त्रीसँग मागिन् जवाफ । अरुले के भने ?....
  • सामाजिक सञ्जाल नियमन विधेयकः ‘अधिनायकवाद ल्याउने फुच्चे खेल सफल हुँदैन’|| SIDHAKURA ||
  • कांग्रेसमा रहेका सहकारी ठगदेखि मान्छे बेच्नेसम्म सबैलाई कारबाही गर्नुपर्छः गगन थापा ||....
  • ताप्लेजुङभन्दा बाहिर र विदेश बस्नेहरुले केबलकारको बिरोध गरेः चन्द्र ढकाल || SIDHAKURA....
  • मन्त्रीको कार्यकक्षमै आगो, मन्त्री भन्छन् हिजै गन्ध आएको थियो || SIDHAKURA ||
  • सामाजिक संजाल विद्येयकले सबैलाई अंकुश लगाउँछ,फिर्ता गर्नैपर्छः सुमना श्रेष्ठ,सांसद|| SIDHAKURA ||
  • रविलाई प्रधानमन्त्रीको अफर गर्नेहरु आज न्यायपालिकालाई धम्क्याएर फसाइछाड्ने षड्यन्त्रमा छन्ः प्रचण्ड
  • संसदमा सुमनाः बोल्न दे सरकार ! || SIDHAKURA ||
  • कमलपोखरीमा कसरी प*ड्कि*यो ग्याँस सि*लिण्डर ? || SIDHAKURA ||
  • अमेरिकाबाट ४ हजार नेपाली डिपोर्ट हुनसक्छन्ः न्यूयोर्कबाट अधिवक्ता, शिव खनाल || SIDHAKURA....
  • फेसबुक, इन्टाग्राम र ह्वाट्सएप नेपालमा दर्ता नभए चल्न दिन्नौँः सञ्चारमन्त्री || SIDHAKURA....
  • सडक नाटकः ‘मुक्कुम्लुङमा केबलकार, हाम्रो छातीमा गोली हो’ || SIDHAKURA ||