६ भदौ, काठमाडौं । सुन प्रकरणलाई लिएर निरन्तर अवरोध हुँदै आएको संसद चलाउने विषयमा राष्ट्रिय दलहरुको बैठक सिंहदरबारमा सुरु भएको छ ।
प्रधानमन्त्री कार्यालयमा कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु सहभागी छन् ।
सुन प्रकरणको अनुसन्धानका लागि उच्च स्तरीय छानबिन आयोगको माग गर्दै प्रमुख पतिपक्ष दल एमालले निरन्तर संसद अबरोध गर्दै आएको छ । यसअघि बसेको सर्वदलीए बैठकमा समिति बनाउने सहमति जुटेको थियो ।
तर कार्यक्षेत्र लगाएतका विषयहरुमा भने सहमति जुट्न बाँकी छ । सोही नटुगिंदा हिजो ३ बजे बोलाइएको संसद बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । आज पनि दिउँसो ३ बजेका लागि संसद बैठकको समय तोकिएको छ ।