बिस्काः जात्रा नजिकिँदै गर्दा श्रीभैरवनाथको रथ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
बिस्काः जात्राका लागि विधिअनुसार काठैकाठको प्यागोडा शैलीको करिब ३५ फिट अग्लो तीनतले श्रीभैरवनाथको रथ निर्माण गरिन्छ । यसपालिको बिस्काः जात्रा यही चैत्र २७ गतेदेखि सुरु हुनेछ।