२६ भदौ, काठमाडौं । संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर च्यासलस्थित एमाले पार्टी कार्यालय लगिएको छ । त्यहाँ उपस्थित नेता तथा कार्यकर्ताले उनलाई श्रद्धाञ्जली दिइरहेका छन् ।
नेम्वाङलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले झण्डा ओढाएर श्रद्धाञ्जली दिएका छन् । पार्टी कार्यालयमा पुगेर सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल र अष्टलक्षी शाक्य, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, उपमहासचिव प्रदीप ज्ञवालीलगायतले श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
नेम्वाङको आज बिहान निधन भएको थियो । घरमा बेहोस भएर ढलेका नेम्वाङलाई टिचिङ अस्पताल पु¥याइएको थियो । अस्पतालले बिहान उनलाई मृत घोषणा गरेको थियो ।
उनको मृत्युपछि प्रधानमन्त्रीले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका थिए । उक्त बैठकले नेम्वाङलाई राजकीय सम्मानका साथ अन्तेष्टी गर्ने निर्णय गरेको छ । साथै उनको अन्तेष्टिको दिन सार्वजनिब विदा दिने निर्णय समेत गरिएको छ ।