१८ भदाै - एसिया कपको भारतविरुद्धको खेलमा २३ रन बनाएर गुल्सन झा आउट भएका छन् । उनले ३५ बलमा उक्त रन बनाएका हुन् ।
उनलाई इशान किशनले आउट गरेका हुन् । उनी ३१.५ औं ओभरमा आउट भएका हुन् ।
यसअघि नेपालले आसिफ सेख, रोहित पौडेल, भीम सार्की, कुशल मल्ल र कुशल भुर्तेल आउट भइसकेका छन् । ३१.५ ओभर सकिँदा नेपालले ६ विकेट गुमाएर १४४ रन बनाएको छ । क्रिजमा दीपेन्द्र सिंह ऐरी र सोमपाल कामी छन् ।