काठमाडौँ । नुवाकोटको सूर्यचौरमा दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा ४ जना चिनियाँ नागरिक सवार रहेको खुलेको छ । ती चिनियाँहरुलाई बोकेर क्याप्टेन अरुण मल्ल स्याफ्रुतर्फ उडेका थिए ।
हेलिकप्टरले १ः५४ मा काठमाडौँबाट उडान भरेको थियो । उडान भरेको केही समयमै हेलिकप्टरसँगको सम्पर्क टुटेको थियो । उक्त अेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा दुर्घटना भएको छ ।
हेलिकप्टरमा सवार पाइलटसहित ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकाेटका सूचना अधिकारी डिएसपी तिलक भारतीले जानकारी दिए ।