
रौतहट । रौतअटको बागमती नदीमा नुहाउने क्रममा एक बालक बेपता भएका छन् । जिल्लाको गढीमाई नगरपालिका–३ लक्ष्मीपुरका तीन जना बालक सोमबारको चर्को गर्मी छल्न नजिकैको लक्ष्मीपुर घाट स्थित बागमती नदीमा गएका थिए ।
नुहाउने क्रममा बगाएर १० वर्षीय सफर कवाडी बेपत्ता भएका छ्न भने ८ वर्षीय हसर कवाडीको सकुशल उद्धार भएको छ । भने १३ वर्षीय सैदुला कवाडी घाइते भएका छन् । सैदुलको गरुडा स्थित रोमा अस्पतालमा उपचार भइरहेको शसस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण हेड्क्वार्टर रौतहटले जनाएको छ ।
बेपत्ताको खोजीमा सशस्त्र प्रहरी निरीक्षक भुवन घिमिरेको कमाण्डमा ३० जनाको टोली बागमती नदिमा परिचालन गरिएको शसस्त्र प्रहरीले जनाएको छ ।
