
काठमाडौं । त्रिकोणात्मक टी २० शृङ्खलामा हङकङले यूएईलाई ६९ रनले हराएको छ । तर रन रेटका आधारमा हङकङलाई उछिन्दै यूएईले नेपालसँग फाइनल खेल्ने भएको छ।
बुधबार मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको हङकङले मार्टिन कोट्जीको ८६ रनको मद्दतमा निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २१२ रन बनाएको थियो । जवाफमा यूएईले २० ओभरमा ५ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । मैदानमा हारेपनि रन रेटमा माथि रहेर फाइनलमा पुग्न चाहिने १३४ रन कटाउने अप्सन भने छोडेनन् ।
समूह चरणका चारमध्ये एकएक खेल जितेका दुबै टिमको समान २ र २ अंक रहृयो, तर रन रेटका आधारमा रेटका आधारमा यूएई फाइनलमा पुगेको छ । अब समूह चरणको चार वटै खेल जितेर फाइनलमा पुगेको नेपालसँग पर्सि खेल्नेछ ।