इजरायलमा प्यालेस्टाइन आतंकवादी लडाकु समूह हमासको आक्रमणमा परि बङ्करमा लुकेर बसेका ३२ नेपाली विद्यार्थीको उद्धार भएको छ । इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई इजरायली सेनाले उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको हो ।
उद्धार गरिएका नेपाली विद्यार्थीलाई इजरायली सेनाले नेपाली दूतावास रहेको स्थानमा साथै केहीलाई बेतकाम भन्ने क्षेत्रमा राखेको छ ।
इजरायली सेनाले उद्धार गरेका नेपाली विद्यार्थीमा बडिमालिका ७, बाजुराका रमेशबहादुर कार्की, गढिमाई ४, रौतहटका बिनोद प्रसाद शाह, टीकापुर १, कैलालीका आभास भट्टराई, कृष्णपुर २, कञ्चनपुरका नरेश सिंह भण्डारी, मष्टामाण्डु ८, डडेल्धुराका लोकेन्द्र बिष्ट, टीकापुर ६, कैलालीका रोहित नायक, पिपरीया ४, रौतहटका निरञ्जन कुमार कुसहवा र दोधारा ९, कैलालीका अरबिन कुमार चौधरी रहेका छन् ।
त्यस्तै टीकापुर ९, कैलालीका उपेन्द्र जिसी, धनगढी २, कैलालीका ओमप्रकाश उपाध्याय, लम्कीचुहा १, कैलालीका गणेश साउद, घोराही ४, दाङका बादल सुवेदी, सिम्ता २, सुर्खेतका प्रविण जिसी, मेलौली ५, बैतडीका गणेशप्रसाद जोशी, बंगलाचुली ३, दाङ नविन घिमिरे, रत्ननगर ४, चितवनकी श्रेया तिवारी, लम्किचुहा ७, कैलालीकी बिपना जोशी, पयुं ५, पर्वतका नारायण भुसाल, रेसुंगा २, गुल्मीकी मनिषा खनाल, गेरुवा ६, बर्दियाका लुईस रिजाल, मेलौली ९, बैतडीका प्रमोद भट्टलाई पनि इजरायली सेनाले उद्धार गरेको छ ।
त्यस्तै सेनाले कमलामाई २, सिन्धुलीका अनुप अधिकारी, तुल्सिपुर १२, दाङका समपर्ण आचार्य, टीकापुर १, कैलालीका निश्चल पाण्डे, भरतपुर १५, चितवनकी बिभुसा अधिकारी, बान्निगढी जैगढ २, अछामकी सुस्मा रेग्मी, टीकापुर १, कैलालीकी रचना चौधरी, लम्किचुहा ९, कैलालीकी आशा मिश्र, गोदावरी २, कैलालीकी कल्पना जोशी, बढियाताल ३, बर्दियाकी शिला कुमारी यादव, त्रिवेणी ५, सल्यानकी साधना बोहरा र त्रिपुर ५, दाङका बिपिन सुवेदीलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।