
काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्ण बहादुर महरालाई काठमाडौँ ल्याइएको छ । सोमबार बिहान कपिलवस्तुबाट पक्राउ परेका उनलाई नेपाल प्रहरीले यति एअरलाइन्समार्फत भैरहवा विमानस्थलबाट काठमाडौँ ल्याएको हो । उनलाई लाजिम्पाटस्थित प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे सीआईबी लगिएकाे छ ।

भेप र ब्रेक सु मा तस्करी भएको सुन तस्करीको विषयमा छानबिन गर्न बनेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले कृष्ण महराको संलग्नता देखाएको थियो । आयोगले सिफारिसपछि गृहमन्त्रीले सुन तस्करी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्न निर्देशन दिएका थिए । उनले कानुन पालना गर्न निर्देशन नकुर्न समेत भनेका थिए । त्यसपछि सोमबार महरा पक्राउ परेको हुन् ।

