२५ भदौ, मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सत्तासाझेदार दलबीचको गठबन्धन पाँच वर्ष टिक्ने दावी गरेका छन् ।
आज विराटनगर पुगेका प्रधानमन्त्री दाहालले विराटनगर विमानस्थलमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सो टिप्पणी गरेका हुन् ।
प्रधानमन्त्री दाहालसहित समाजवादी मोर्चाको सन्देशसभालाई सम्बोधन गर्न सो मोर्चामा सहभागी नेताहरु पनि विराटनगर पुगेका छन् ।
सो सभालाई नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लब’ ले सम्बोधन गर्ने कार्यक्रम छ ।