संसदीय सुनुवाइ समितिबाट विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन भएका छन् । आज बसेको समितिको बैठकले सुनुवाइ गर्दै श्रेष्ठलाई अनुमोदन गरेको हो ।
उनीविगरुद्ध समितिमा तीन उजुरी परेका थिए । सो उजुरीउपर सांसदहरुले उनलाई बिभिन्न प्रश्न तेस्र्याएका थिए । प्रश्नहरुको सवालजवाफ पछि उनी अनुमोदित भएका हुन् ।
न्यायालय सुधारको लागि श्रेष्ठले समितिमा आफ्नो १८ पाना लामो योजना प्रस्तुत गरेका थिए ।
श्रेष्ठ २०७३ साल साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए । डोटीको सिलगढीमा जन्मिएका श्रेष्ठले मानवशास्त्रमा स्नातकोत्तर र कानूनमा डिप्लोमा गरेका छन् ।
प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्ले सिफारिस गर्नुपर्छ । त्यसपछि संसदीय समितिले सुनुवाइ गरी अनुमोदन गर्नुपर्छ । समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नेछन् ।