
५ भदौ, काठमाडौं । धादिङको गजुरी गाउँपालिका–१, छहरामा यात्रुबाहक बस दुर्घटना भएको छ ।
काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ख९९५२ नम्बरको बस त्रिशुली नदिमा खसेको हो । बसमा कति यात्रु सवार थिए भन्ने खुल्न बाँकी छ ।
जिल्ला प्रहरी कार्यालय धादिङले दिएको जानकारी अनुसार उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको छ भने घाइतेहरुको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको