१९ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्प प्रभावितहरुको स्थलगत अनुगमन गर्न बझाङ पुगेका छन् ।
उनी नेपाली सेनाको हेलिकप्टरमार्फत बझाङ पुगेका हुन् । उनले बझाङको भोपुर तथा सदरमुकाम शान्तीटोलका भूकम्प प्रभावितहरुलाई भेटेका हुन् ।
भूकम्प प्रभावितहरुले समस्या सुनेपछि प्रधानमन्त्री प्रचण्डले छिट्टै पुननिर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रचण्डले उनीहरुका लागि छिट्टै आवासको व्यवस्था गर्ने आश्वासन दिएका हुन् ।