काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाको दोस्रो खेलमा नेपाल दरल्यान्ड्ससँग २ रनले पराजित भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको नेपाललाई नेदरल्याण्ड्सले १८५ रनको लक्ष्य दिएको थियो । तर नेपालले निर्धारित २० ओभरमा ८ विकेट १८२ रन मात्र बनायो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ६३ रन बनाए । कप्तान रोहित पौडेलले ५०, आसिफ शेख ३४, कुशल मल्ल ११, करण केसी ११, सन्दीप जोरा ८ रन बनाए । कुशल भुर्तेल र सोमपाल कामीले रन जोड्न सकेनन् ।