बारा । कलैया उपमहानगरपालिका-६ मा रहेकाे बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ । हत्याको कारण विवाहेत्तर प्रेम सम्बन्ध र रिसिइबीका कारण हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले यस घटनामा मुख्य योजनाकारका रुपमा कलैया उपमहानगरपालिका ६ की २२ वर्षीया राधा गुप्तालाई सार्वजनिक गरेको छ । उनि स्वर्णकार प्रिन्सिपल रहेको बाल एकता स्कुलकी पूर्वलेखापाल हुन् । उनि र स्वर्णकारबिच विवाहेत्तर सम्बन्ध देखिएको छ भने भारतीय नागरिक मनाजे गुप्तासँग पनि तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेकी थिइन् । उनका दुवै प्रेम विवाहित हुन् ।
उनलाई सहयोग गर्ने सोही विद्यालयमा वरिष्ठ लेखापालको भूमिकामा रहेका सोही ठाउँका ३४ वर्षीय जामिल अख्तर र कलैया रामपुरका २६ वर्षीय रियाज अंसारी पनि पक्राउ परेका छन् ।
यस्तै उनिहरुको योजनाअनुसार प्रिन्सिपल स्वर्णकारमाथि गोली प्रहार गर्ने समुहका भारतको मोतिहारी पूर्वी चम्पारणका २३ वर्षीय अभिनवकुमार राजपुत र २३ वर्षीय चन्द कुमार पक्राउ परेका छन् ।
उनिहरुको सूचना अनुसार गोली प्रहार गर्ने चार जना भने फरार रहेका छन् ।
भारत मोतिहारीका २५ वर्षीय सुजितकुमार सिंह, २४ वर्षीय चन्चल पाण्डे, २२ वर्षीय मनिषकुमार सहनी र २० वर्षीय कामेश्वर सहनी छन् ।
उनीहरू गत सोमबार दिउँसो पौने १ बजे मदरसा टोलमा मोटरसाइकलमा आएर प्रिन्सिपल स्वर्णकारमाथि गोली प्रहार गरेका थिए।