
१० असोज, काठमाडौं । फुटपाथ व्यवसायीलाई विकल्पसहितको व्यवस्थापन गर्नुपर्ने माग राख्दै राष्ट्रिय सभागृहको गेटमा उभिरहेका ईःको समर्थनमा आज ठूलो भिड जम्मा भएको छ । उनीहरुमध्ये अधिकांस पहिले फुटपाथमा व्यवसाय गर्दै आएका व्यक्तिहरु छन् । उनीहरुले ‘हाम्रो चिनारी क्रुरता कि करुणा ?’, ‘ठूला तस्करलाई चैन सानालाई मात्र कडा ऐन’, ‘ललितपुरले व्यवस्थापन गर्न सक्दा काठमाडौंले किन सक्दैन’ गरी खान देउ लेखिएका पम्प्लेटहरु भिरेका छन् ।