
१६ असोज, बझाङ । आज दिउँसो सूदुरपश्चिममा भूकम्पको धक्का महसुस भएको छ । २ बजेर ४० मिनेटमा गएको ५.३ रेक्टरस्केलको भूकम्पको केन्द्रविन्दु बझाङ रहेको छ ।
भुकम्पका कारण बझाङमा बिभिन्न भौतिक संरचनामा क्षति पुगेको छ । स्थानीयका अनुसार बझाङमा ठूलै क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । भुकम्पले भत्काएका संरचनाहरुको फोटो सामाजिक सञ्जालमा देखिन थालेका छन् । थप विवरण आउन बाँकी छ ।