५ भदौ, मोरङ । विराटनगरको ग्रीनक्रस अस्पतालबाट हराएको शिशुलाई बिक्री गरेको पाइएको छ । बच्चा विक्रि गरेको आरोपमा अस्पतालका डाक्टर तपेश्वरलाल कर्ण, अस्पतालकी कर्मचारी सुधा राजवंशी र डाक्टर कर्णको क्लिनिकमा काम गर्ने कर्मचारी निर्मला यादव र गोविन्द राई नामका अर्का एक युवक पक्राउ परेका छन् ।
प्रहरीको प्ररम्भिक अनुसन्धानले शिशुको ५० हजार रुपैयाँमा विक्रि गरिएको पाइएको छ । जसमा डा. कर्णकै संलग्नता देखिएको छ भने कर्मचारीले डिल गरेको प्रहरीले बताएको छ ।
प्रहरीले शिशुको मोरङको कटहरी गाउँपालिका – २ बाट उद्धार गरेको हो । शिशु दिलमाया राजवंशीलाई बिक्री गरेको खुलेको छ । बयानका क्रममा ५० हजार रुपैयाँमा विक्रि गरिएको बताएपनि रकम यो भन्दा धेरै हुनसक्ने प्रहरीको अनुमान छ ।
अहिले शिशुको अवस्था सामान्य छ भएको प्रहरीले जनाएको छ ।