सिराहा । न्यायका लागि अदालत पुगेका दुई पीडितलाई मिटरब्याजी श्याम निरौलाले जिल्ला अदालत सिरहामै मिटर ब्याज पीडितलाई कुटपिट गरेका छन् । बुधवार मिटरब्याजी निरौलाले अदालतमै पीडितद्वय रौदी यादव र सुकुमारी साहलाई कुटपिट गरेका थिए ।
घटनापछि निरौलालाई पक्राउ गरी कारबाही गर्न मिटर ब्याज पीडितहरूले माग गरेका छन् । तर प्रहरी प्रसाशनले सुनुवाई नगरेको भन्दै उनिहरुले रातभर धर्ना दिएका छन् ।
उनीहरू रातभर जिल्ला प्रहरी कार्यालय अगाडी कठाङ्ग्रिँदो चिसोमा खुल्ला आकाश मुनी धर्ना बसेका थिए । अहिले भने मिटरब्याजी निरौलाविरुद्द उजुरी दर्ता भएको छ ।
निरौलामाथि पीडित ककुलतीदेवी यादवले दिएको ‘अपमानजनक अमानवीय सम्बन्धी कसुर’ शीर्षकमा जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएपछि धर्ना स्थगित भएको छ ।
सिराहा विष्णुपुर गाँउपालिका १ निरौला विरुद्ध मिटर ब्याज सम्बन्धी ३२ वटा उजुरी परेका छन् । उनि यस अघि पनि मिटर ब्याज मुद्धामा पक्राउ परेर ३५ दिन थुनामा बसेका थिए । यसै मुद्दामा पक्राउ परी गत असारमा तीन लाख धरौटीमा रिहा उनी रिहा भएका थिए । सोही मुद्दाको बकपत्रका लागि अदालत गएका पीडितहरूमाथि कुटपिट भएको हो ।
घटनापछि प्रहरीले निरौलालाई पक्राउ गरेर ल्याएपनि केही बेरमै छाडिदिएपछि पीडितहरू आक्रोशित छन् ।