जजमानले दलितसँग बिहे गरेका कारण श्राद्ध गर्न नगएको आरोप लागेका भुम्लु-२ सिम्थलीका पुरोहित माधवराज न्यौपाले पीडितसँग मिलापत्र गरेका छन् । आज जिल्ला प्रहरी कार्यालय काभ्रेमा न्यौपानेले आइन्दा कसैलाई पनि त्यस्तो व्यावहार नगर्ने भन्दै रोकिएको श्राद्ध गर्दिने शर्तमा मिलापत्र गरेका हुन् ।
अन्तरजातीय विवाह गरेको भन्दै विद्यालयकी प्रधानाध्यापकको परिवार नै समाजबाट बहिष्कृत
त्यस्तै, सोही वडाका चक्रबहादुर भण्डारीले पनि मिलापत्र गरेका छन् । धर्मध्वजले आफूले दलित समुदायको विश्वकर्मा( कामी) जातकी केटी बिहे गरेकोले पुरोहित माधवराज न्यौपाने श्राद्ध गर्न नआएको भन्दै जातीय भेदभाव तथा छुवाछुतको कसूरमा कारबाही गर्न माग गर्दै माघ १४ गते जिल्ला प्रहरी कार्यालय, काभ्रेमा ठाडो उजुरी दिएका थिए।
पुरोहितले नभ्याएर जान नसकेको साथै अब आइन्दा त्यस्तो नगर्ने भन्दै रोकिएको श्राद्ध गर्दिने शर्तमा पीडितसँग मिलापत्र गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी भागेन्द्र पुरुष ढकालले बताए ।