उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ स्थगित भएको छ।
पुर्पक्षका लागि थुना र धरौटी माग गर्ने काठमाडौं जिल्ला अदालतको आदेशविरूद्ध २० जना प्रतिवादीले उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।
बिहीबार न्यायाधीश सुभाष पौडेल र दीपेन्द्र अधिकारीको संयुक्त इजलासमा पेशी तोकिएको थियो ।
तर निवेदकका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको हो ।