१७ भदौ, काठमाडौं- एसिया कप क्रिकेटमा नेपाली खेलाडीलाई हौसला बढाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने श्रीलंका गएका छन् भने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पनि श्रीलंका जाने भएका छन् ।
सोमबार श्रीलंकाको पाल्लेकेलमा हुन गइरहेको एसिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतबिच प्रतिस्पर्धां हुँदै छ । नेपालले आफ्नो दोश्रो खेलमा सोमबार भारतसँग खेल्दै छ ।
दोस्रो खेलमा खेलाडीको मनोबल उच्च बनाउन भन्दै रास्वपाका सभापति रवि लामिछाने आफ्नी श्रीमति र केही केन्द्रिय सदस्यसहित श्रीलंका गएका हुन् ।
नेपाल र भारतबिचको खेल भोलि नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुने छ ।
समूह एमा रहेको नेपाल बुधबार भएको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो । । भारत र पाकिस्तानबीचको खेल भने शनिबार राति वर्षाका कारण रद्ध भएको थियो ।