१० भदौ, काठमाडौं । ललिता निवास प्रकरणमा आज सरकारी वकिलको कर्यालयले मुद्दा दर्ता गर्ने भएको छ ।
केही दिनअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले २५० भन्दा बढी व्यक्तिलाई प्रतिवादी बनाउन राय दिएको थियो । सीआईबीले सरकारी कागज किर्ते र संगठित अपराधमा अनुसन्धान गरेको थियो ।
यो प्रकरण सीआईबीले पूर्व प्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई र माधव नेपालको पनि बयान लिएको थियो । यद्यपी सीआईबीले उनीहरुलाई भने प्रतिवादी बनाउनुपर्ने राय दिएको थिएन ।
गत असार १२ गते सिआईबीले मिनबहादुर गुरुङ सहित ७ जनालाई पक्राउ गरेको थियो । जसमध्ये तीन जना त्यही दिन बेलुका छुटेका थिए भने धर्मप्रसाद गौतम, मीनबहादुर गुरुङ र सुधीरकुमार शाह अहिले पनि सिआईबीको नियन्त्रणमा छन् ।
ललिता निवासमा प्रधानमन्त्री निवास, सभामुख निवास, प्रधानन्यायाधीश निवास, र राष्ट्र बैंक छ । त्यो बाहेक ललिता निवासको २१२ रोपनी सरकारकै समरजंग कम्पनीमा दर्ता गरिएको थियो । त्यो मध्ये १ सय ४३ रोपनी जग्गा बिभिन्न अतिक्रमण भएको पाइएको छ ।