नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले पूर्वउपप्रधानमन्त्री तथा एमालेका सचिव टोपबहादुर रायमाझीसहित ७ प्रतिवादीलाई रिहा नगर्न आदेश दिएको छ । उनीहरुलाई यसअघि थुनामै पठाउने उच्च र जिल्ला अदालतको आदेश सर्वोच्च अदालतले पनि सदर गरेको हो।
जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनको आदेशविरुद्ध पुनरावेदन गरेका उनीहरुलाई थुनामै राख्न सर्वोच्चले आदेश दिएको हो । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले उनीहरुलाई थुनामै पठाउन आदेश दिएको हो।
अदालतले तत्कालिन गृहसचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापा, बादलका सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी प्रकरणका मुख्य आरोपी केशव दुलाल, सानु भण्डारी, सागर राई र सन्देश शर्मालाई थुनामै राख्न आदेश दिएको हो ।