उदयपुर । उदयपुरको १५ बेड क्षमताको कटारी अस्पताललाई स्तरोन्नति गर्दै ५० बेड क्षमताको बनाउने कोशी प्रदेश सरकारले निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रीपरिषदको शुक्रबार बसेको बैठकले कटारी अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरवृद्धि गर्ने निर्णय गरेको हो ।
आफू निर्वाचित भएसँगै कटारी अस्पताललाई स्तर उन्नति गरी थप सेवा दिने बनाउन आफू लागि परिरहेको बताउँदै कोशी प्रदेशका कृषि उद्योग तथा सहकारी मन्त्री रामकुमार खत्रीले आउने दिनमा अस्पतालको सेवा थप प्रभावकारी बन्नेछ भन्ने विश्वास व्यक्त गरे ।
यहाँका जनतालाई स्वास्थ सहज रुपमा पाउन कटारी अस्पताललाई प्रादेशिक अस्पतालमा लानु पर्ने आवश्यकता रहेकाले यो निर्णय गरिएको मन्त्री खत्रीको भनाई छ । सेवा विस्तार गरी आम नागरिकले स्वास्थ सेवा घर नजिकको अस्पतालमा पाउन सके केही हद सम्म राम्रो हुन्थो भन्ने लागेर कटारी अस्पताललाई प्रादेशिक अस्पताल बनाउन मुख्यमन्त्री केदार कार्की समक्ष विशेष जोड गरेको मन्त्री खत्रीले बताए ।
कटारी अस्पताल कटारीको स्थानियले मात्र सेवा लिने अस्पताल नभई सोलुखुम्बुु, ओखलढुंगा, खोटाङ,उदयपुर, र आधा भूभाग सिन्धुली र सिराहा सम्मका स्थानियले सेवा लिने सक्ने मन्त्रीले बताए