त्रिकोणात्मक टी–२०आई शृङ्खलाको फाइनलमा नेपालले युएईलाई १ सय ६३ रनको टार्गेट दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले पुरा ओभर खेल्दा १ सय ६२ रन बनाउन सफल भयो ।
नेपालका लागि करण केसीले १७ बलमा अविजित २३ रन बनाए । सोमपाल कामीले ८ बल खेल्दा १३ रन जोडे ।
त्यस्तै गुल्सन झा ८ बलमा ५ रन बनाए । त्यस्तै सन्दीप जोराले १० बल खेल्दा १० रन जोड्न सफल भएका थिए । कप्तान रोहित पौडेलले १७ बलमा १८ रन बनाए भने दिपेन्द्रसिंह ऐरीले १५ बलमा २० रन बनाउन सफल भए ।
त्यस्तै कुशल भुर्तेलले २८ बलमा ३ छक्का र ६ चौका मद्दतमा ५० रन बनाए अर्धशतक बनाएपछि थप एक बलको सामना गरेका उनी आउट भए ।
त्यसअघि अर्का ओपनर आसिफ शेख ७ रनमा आउट भए । उनलाई युएईका आयान खानले पाँचौ ओभरको अन्तिम बलमा बोल्ड गरेका थिए । यस्तै कुशल मल्ललाई पनि आयानले १ रनमा बोल्ड गरेका थिए ।