फुर्सदिला देखिने प्रधानमन्त्रीकाे 'होलिडे टुर', पाण्डा हेर्न छेन्दुमा

सिधाकुरा

असोज १२, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विदेशिएको आज १४ औँ दिन हो । भदौ ३० गते संयुक्त राष्ट्रसंघको महासभामा सहभागि हुन अमेरिका उडेका उनी सहित क्याबिनेटको टोली अहिले चीनका पर्यटकीय तथा धार्मिक क्षेत्रमा बिदा मनाइरहेका छन् । अमेरिकाबाट असोज ५ मै चीन पुगेको प्रचण्ड आज छेन्दु जाँदै छन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार मानसरोवर दर्शन गर्न पुगेका थिए । 

आज घुन्साबाट ल्हासा हुँदै छेन्दु पुगेर पाण्डा प्रजनन केन्द्र हेर्ने छन् । साँझ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय (प्रदेश) कमिटीका सचिव वाङ सियाओसँग भेटघाट गर्दै छन् । चीनको एक साता लामो भ्रमण टुङ्गाएर शनिबार मात्रै प्रचण्डको भ्रमण टोली नेपाल फर्किने छ ।

उनको भ्रमण दलमा छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास वैरागी, मुख्यसचिव डा वैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिव छन् । 


चीनमा एक साता बिताएका प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग चीन पुगेको भोलिपल्टै भेट गरेका थिए । आफ्ना समकक्षी प्रधानमन्त्री लि छ्याङसँग सोमबार भेटेपछि राजनीतिक भ्रमण सकिएको थियो । तर प्रचण्डलाई नेपाल फर्किने मुड अझै चलेन ।

औपचारिक भेटघाट पछि उनी लागे केही उद्योग र धार्मिक भ्रमणमा । चोङकिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्ससेसको भ्रमण गरेपछि प्रचण्ड जोखाङ मन्दिर हुँदै ल्हासाको पोताल दरबार पुगे, त्यहाँबाट कैलाश बेस क्याम्प हुँदै मानसरोवरको दर्शन गरे । 


क्याबिनेटकाे विदेश भ्रमण माेह

१४ दिन देखि विदेश शयरमा रहेका प्रचण्डसँग क्याबिनेटनै विदेश भ्रमणमा छ । प्रचण्डसँग भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, खानेपानी मन्त्री महेन्द्रराय यादव, परराष्ट्रमन्त्री एनपी साउद, युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू पनि चीन भ्रमणमा रमाइरहेका छन् ।

 इजिप्टको कायरो पुगेका अर्थमन्त्री प्रकाशशरण महत बिहीबार मात्रै स्वदेश फर्किएका छन् । भने कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसाल क्युबा, शहरी विकासमन्त्री सीता गुरुङ युरोप भ्रमण गरेर फर्किएका छन् । मुख्यसचिव डा. वैकुण्ठ अर्याल पनि चीनमा छन् ।

संवेदनशिल क्षेत्रनै आन्दोलित

प्रधानमन्त्री प्रचण्ड करिब दुई साता विदेश भ्रमण हुँदा नेपालमा भने शिक्षा, स्वास्थ्य, सुरक्षा जस्ता संवेदनशिल क्षेत्रनै आन्दोलित छ । संसद्मा पेश भएको शिक्षा विधेयकको विरोधमा देशभरका सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरू काठमाडौंमा आन्दोलन चर्काए । विद्यालय नै बन्द गरेर काठमाडौँ आएका शिक्षकहरू उधारो सहमति बोकेर त फर्किए तर आन्दोलित शिक्षक मध्ये आधा शिक्षक अहिले पनि आन्दोलित छन् । यस अघि भएको सहमतिमा राहत शिक्षकको माग सुनवाई नभएको भन्दै राहत कोटाका शिक्षक आन्दोलित छन् । 

दुई सातामा ९ जनाको चिकित्सक माथि हातपात र अस्पताल तोडफोड भएपछि चिकित्सा क्षेत्र आन्दोलित छ । कार्यस्थलमा आफूहरू असुरक्षित रहेको भन्दै चिकित्सकहरू निरन्तर आन्दोलनमा छन् । साथै उनीहरूले सरकारले यस अघि गरेको सहमति र बाचा समेत कार्यान्वयन नभएको भन्दै सहमति कार्यान्वयन नहुँदासम्म आन्दोलन जारी राखेका छन् ।

 ६० किलो सुन प्रकरण सुनसान 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको टाउको दुखाई बनेको ६० किलो सुन प्रकरणमा अदालतमा थुनछेक बहस चलिरहेको छ । तर भदौमा सुन प्रकरणको उच्चस्तरीय जाँचबुझ आयोग माग गर्दै एमालले निरन्तर संसद् अवरोध गरेपछि प्रधानमन्त्री प्रचण्डले नै असोज ५ गते उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सहमति गरेका थिए । तर यही समयमा प्रधानमन्त्री विदेश भ्रमण गएपछि सरकारले नै तोकेको मितिले एक साता ढिला हुँदा पनि आयोग गठन हुन सकेको छैन । 

माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव वर्षमान पुनकै पारिवारिक सम्बन्ध सुन प्रकरणमा जोडिएपछि सुन मुद्दा माओवादीका लागि टाउको दुखाई बनेको प्रधानमन्त्री सचिवालय स्रोत बताउँछ । साथै सुन प्रकरणका नाइके मानिएका दावा छिरिङसँग निरन्तर संवादमा देखिएको अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारी, फरार सुचीमा रहेको जीवन चलाउने समेत प्रचण्ड परिवारसँग नजिक भएकाले उनी माथि थप छानबिन हुँदा पहरो थर्कने डर बालुवाटारमा छिरेको बालुवाटार स्रोतको दाबी छ ।

 आयोग गठनका लागि गृह मन्त्री नारायणकाजी श्रेष्ठले पहल गरेपनि आयोगलाई दिने कार्यादेशको विषयमा भने सरकार डराएको छ । नेकपा एमालले आयोगले सुन प्रकरणमा जोडिएका सबैलाई पक्राउ देखि बयान लिनेसम्मको अधिकार दिनु पर्ने माग गरेपनि सरकार पक्ष भने सुन तस्करीको सैद्धान्तिक पक्षमा मात्रै अनुसन्धान गर्नु पर्ने अडानमा रहेको छ ।

सोही कारण अहिलेसम्म आयोग गठन हुन सकेको छैन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वसहमति अनुसारै आयोग गठन हुनु पर्ने र कार्यादेश समेत स्पष्ट हुनु पर्ने अडान राखेपछि प्रधानमन्त्री स्वदेश नफर्की आयोग गठन नहुने देखिएको छ ।

अमेरिका र चीनको दुई साता लामो भ्रमण टुङ्गाएर प्रधानमन्त्री प्रचण्डको भ्रमण टोली शनिबार नेपाल फर्किने छ । 

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||

  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....
  • पाइप काट्ने कैँचीले गो*य अङ्ग का*न खोजे, अनी आइरनले डामे | SUGAR....
  • सहकारी को १५ करोड ठ*गीमा धनराज: नक्कली डिभोर्सदेखि नक्कली साधारणसभा ? ||....
  • सहकारी ठगीमा धनराजको बयानः सहकारीकै कारण श्रीमतीले छोडी || SIDHAKURA ||
  • ‘श्री केश तेलको भ्रमपूर्ण प्रचारमा पूर्व राष्ट्रपति देखि प्रधानमन्त्री र कलाकारसमेत प्रयोग....
  • आशिष देउलाबाट या*ना भोगेका अर्का पीडितको बयान || SUGAR DADDY CASE ||....
  • मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भने, मैले बाँच्ने आशमा आइरन....
  • सुगर ड्याडीको नकाावभित्र लुकेको अ*क*ल्पनीय अ*प*राध ! || SUGAR DADDY CASE ||....
  • होसियार ! 'फेसबुकका साथिले भारतमा बेचिदिए' || SIDHAKURA ||
  • पेटको अप्रेसन गर्दा चल्न छोड्यो चित्रप्रसादको खुट्टा, अस्पतालले लापरवाही गरेको आरोप ?....
  • बेल्जियममा बढ्दो चोरी, नेपालीहरुको घर टार्गेटमा || SIDHAKURA ||
  • नाडा अटो शो २०२४ : यस्ता छन् सबैभन्दा सस्ता र महंगा गाडी....
  • श्रीमति र छोरी बचाउन बुद्धको संघर्ष : छोरीको उपचार गर्दागर्दै श्रीमतिको मृगौलामा....
  • ओली र देउवाविरुद्ध ना*राबा*जी गर्नेहरु धमाधम पक्रा*उ || SIDHAKURA ||
  • बालिका बन्धक बनाउने सांसदमाथि अनुसन्धान गर्न प्रहरीको आनाकानी ! || SIDHAKURA ||
  • खोला मिच्न एमालेको दाउ, बालेनकाे प्रतिकार || THE REPORTER || SIDHAKURA ||
  • आफ्नै का_ल बन्यो ममताको प्रेम || Mamata Kafle || SIDHAKURA ||
  • के गठ्ठाघरमा ट्राफिक प्रहरीको गल्ती देखिन्छ ? || SIDHAKURA ||
  • बिग्रिएको श्री एअरलाइन्स-दोष यात्रुलाई ? कमजोरी ढाकछोप यस्तो झुठ! || Shree Airlines....

Current Affairs

७९ काे चुनाव निम्ता कार्ड थियाे....

  • ७९ काे चुनाव निम्ता कार्ड थियाे ८४ काे चुनावमा देखाइदिन्छाैँ : रवि....
  • सबै शक्ति परिचालन गर्दा पनि रवि दाेषी देखिएनन् : शिशिर खनाल ||....
  • रवि निर्दोष भएपछि रास्वपा सांसद्हरुको प्रतिक्रिया || SIDHAKURA ||
  • निर्दोष भएपछि के भन्छन रवि लामिछाने ? || SIDHAKURA ||
  • सहकारीमा खाता, धितो, ऋणीदेखि सम्बन्ध बिच्छेद पनि फेक छन्ः संसदीय समिति संयोजक....
  • संसदीय छानबिन विशेष समितिको अन्तिम निष्कर्ष ‘सहकारी ठगीमा रवि लामिछाने निर्दोष’ ||....
  • 'सहकारीकाे रकम गाेरखा मिडियामा ल्याउने कार्यमा रवि लामिछानेको संलग्नता देखिएन' || SIDHAKURA....
  • प्रतिनिधिसभा बैठक LIVE
  • संसदमा हङ्गामा || SIDHAKURA ||
  • उपसभामुख इन्दिरा राना गलल व्यक्ति होइनन्, उनीप्रति गर्व छः रास्वपा || SIDHAKURA....
  • उपसभामुखलाई कारबाही गर्ने सोच्दै हुनुहुन्छ भने त्यो गल्ती हुन्छ, घातक हुन्छ :....
  • उपसभामुखलाई लक्षित गर्दै गोकुल बास्कोटा भने ‘म माथि प्रश्न उठ्दा मैले राजीनामा....
  • सहकारीको रकम ठगेको अरोपपछि धनराजले भने, ‘छानबिनका लागि तयार छु’ || SIDHAKURA....
  • नेतालाई गाली गरेको भिडियो शेयर गरेकै भरमा मुद्दा हालेपछि सोविता आक्रो*सित ||....
  • काँग्रेस र एमालेले सङ्ख्याका बलमा लोकतन्त्रमाथि धावा बोले सडकबाट प्रतिरोध हुन्छ :....
  • सहकारी ठगीमा कांग्रेसकै सांसद धनराज गुरुङविरुद्ध कांग्रेसले रोष्ट्रम घेराउ गर्छ गर्दैन ?गणेश....
  • भ्रष्टाचारका फाइलको अनुसन्धान गर्ने सरकारकाे छनक देखिएन : रवि लामिछाने || SIDHAKURA....
  • ढोरपाटनमा दुई सय ८० रोपनी जग्गा चक्लाबन्दी गरि स्याउ खेती || SIDHAKURA....
  • सरकारविरुद्ध अनावश्यक हल्ला फैलाउन खोजियाे: प्रधानमन्त्री ओली | Kp Sharma Oli |
  • रास्वपाको सफलता देखेर लखेट्ने काम भएको छ : डिपि अर्याल || SIDHAKURA....
  • टेस्लाको सोरुममा आगलागी | SIDHAKURA |
  • ‘चिकित्सा क्षेत्रमा ब्लण्डर गल्ती गर्ने छुट छैन’ || SIDHAKURA ||
  • पलेशाको भव्य स्वागत || SIDHAKURA ||
  • बालेनलाई सुनिताको प्रश्नः हतारमा निर्णय गर्ने, फुर्सदमा पछुताउने ? || SIDHAKURA ||
  • वडाध्यक्षले मेयर बालेनलाई गोदी मिडिया चलाएको आरोप लगाएपछि... || SIDHAKURA ||