काठमाडौँ । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य परशुराम तामाङले कांग्रेस एमालेको सरकारले भ्रष्टहरुलाई संरक्षण गरेर रवि लामिछानेलाई पक्राउ गरेको बताएका छन् ।
शनिवार माओवादी केन्द्रले काठमाडौँका गरेको खबरदारी सभामा बोल्दै उनले भने,'केहि दिन अघि रवि लामिछानेलाई पक्राउ गरेको देख्यौँ तर आफ्ना दलका भ्रष्टाचारीलाई बचाउन गरियो, के यस्तो गरेर यो देशमा भ्रष्ष्टाचार नियन्त्रण हुन्छ' ?
नेता तामाङले अहिलेका सरकार जनातका लागि नभई दलाल र बिचौलियाको राज चलाउन बनेको दाबी गरे । उनले जनता बाढी पहिरोमा पर्दा सरकार अमेरीकामा भोज गर्न व्यस्त देखिएको भन्दै सरकाले नैतिक धरातल, गुमाएको, मुद्दा चलेका व्यापारीबाट अर्बौँ घुस लिएको चन्दै आपत्ती जनाए । उनले संविधान संशोधन गर्ने हिम्मत भए स्थायी सरकारकाा लागि कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्न आँट गर्न चुनौती दिए ।